Logo

गंगाको जन्म कसरी भयो



महाभारत कथाको महत्वपुर्ण पात्र मध्ये एक भीष्म हुन् । उनी महाराजा शान्तुन र गंगाको आठौ सन्तान हुन् । आज हामी गंगाको उत्पत्तिको बारेमा चर्चा गर्नेछौ । उनको उत्पत्ति सम्बन्धि २ कथा छन् ।

देवी गंगाको पिताको नाम हिमालय हो, जो पार्वतीको पिता पनि हुन् । जसरी दक्ष राजाको छोरी सतीले हिमालयमा पार्वतीको नामबाट जन्म लिएकी थिइन्् त्यस्तै गंगाले आफ्नो दोस्रो जन्ममा ऋषि जहु भएर जन्म लिइन् । त्यसैगरी अर्को कथाअनुसार गंगाको जन्म ब्रहाको कमण्डलुबाट निस्कीएको भनिएको छ । गंगा नदिको जलले ब्रहाले विष्णुको गोडा धुँदा कंमडलमा एकत्रित भई भगवान विष्णुको औठीबाट गंगा प्रकट भएकोले विष्णुपदि पनि भनिन्छ ।

कथन न.१. भगवान रामको पुर्वज इश्वाकु वंशी राजा भगीरथको प्रयासबाट गंगा नदी स्वर्गबाट धर्तीमा आएकी हुन् । तर उनले स्वर्गबाट धर्तीमा गंगा लैजान तपस्या गर्नुपर्ने थियो । उनको तपस्याबाट खुशी भएर ब्रह्माले गंगाको वेग सम्हाल्नको लागि भगवान शिवलाई आग्रह गरे र महाराज भगीरथले त्यसै गरे । भगवान शंकरले गंगाको धारालाई आफ्नो जटामा बाँधे । भगीरथको आराधना पश्चात उनलाई आफ्नो जटाओबाट मुक्त गरिदिए । यसरी भगवान विष्णुको औठीबाट गंगा प्रकट भएकोले प्रसाद स्वरुप शिवले गंगालाई पत्नीको रुपमा स्विकार गरेको पाइन्छ ।

ब्रह वैवर्त पुराणमा भनिएको छ, बिष्णुको ३ पत्नी थिए, आफुले सबै राख्न नमिल्ने भएकोले लक्ष्मी आफुसँग राखेर शिवलाई गंगा र ब्रह्मालाई सरस्वती पठाइदिएका थिए ।

कथन न.२. पुर्व जन्ममा राजा शान्तुन महाभिष भई ब्रह्माको सेवामा तल्लिन थिए । शान्तुनले ब्रह्माको सेवा गर्दैगर्दा गंगा पनि आएकी र मोहित भएर दुवैले एकटकले हेराहेर गरेकोले ब्रह्माले रिसले मनुस्य योनीमा जन्म लिएर दुःख भोग्न पर्ने श्राप दिए । श्राप पश्चात राजा महाभिष कुरु राजा शान्तुन र गंगा ऋषि जहुको छोरीको रुपमा जन्म लिएको बताइन्छ ।

एक दिन शान्तुनका पिता प्रतीप राजाले तपस्या गरेको देखेर गंगा उनको दाहिने काखमा आएर बसीन् र विवाह गर्न चाहेको बताइन् । प्रतीपले भने देवे्र काखमा बसेमा मात्र आफुसँग विवाह हुने र उनी दाहिने बसेकोले बुहारीको रुपमा स्विकार गर्ने आश्वसन पछि गंगा गईन पछि शान्तुनको जन्म भयो र गंगासँग विवाह गरिदिए ।

गंगाबाट जन्मेका ७ सन्तान नदीमा बगाइन् र आठौ सन्तानलाई पालन पोषण गरीन् । आठौ सन्तानको नाम देवव्रत हो । पछि ठुलो भएर उनी भीष्मको नामले परिचित भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot