काभ्रे, १० असार । समाजसेवी तथा व्यवसायी उमेश बाँनियाले पाँचखाल नगरपालिकाका एम्बुलेन्स चालकहरुलाई परिवारसहित १७ जनाको स्वास्थ्य बिमा गरिदिएका छन् । उनले आज कोभिड-१९ सम्बन्धी प्रति व्यक्ति एक लाखको बिमाको पोलिसी नगरपालिकाका प्रमुख महेश खरेललाई हस्तान्तरण गरेका छन् ।
बिमा पोलिसी हस्तान्तरणमा नगर प्रमुख खरेलले समाजसेवी बाँनियालाई धन्यवाद दिए । बानियाँले पाँचखाल क्षेत्रका लागि निरन्तर सेवाका कामहरु गरिरहने बताए ।
बिमा गरिएका एम्बुलेन्स चालकहरुमा सन्तोष सापकोटा, रमेश श्रेष्ठ, बुद्धिबहादुर भुजेल, गोपी दनुवार र दावा लामा छन् । उनीहरु र परिवारका सदस्य सहित कुल १७ जनाको बिमा गरिएको छ ।
बिमा पोलिसी हस्तान्तरणमा नेपाली काँग्रेस काभ्रे ४ का उम्मेदवार कुमारप्रसाद लामिछाने, नेपाली काँग्रेसका लोकप्रीय युवा नेता तथा प्रदेशसभाका उम्मेदवार सुन्दरमणि आचार्य, सेयर एन्ड केयर नेपालका कार्यकारी निर्देशक रमेशकुमार खड्का, हाम्रो युवा समुह महालक्ष्मी नगरपालिकाका संयोजक विवेककुमार कार्कीलगायत सहभागी थिए ।
Photo: reportersnepal