Logo

एक लाख जनसंख्या भएको टापुमा चीनले किन खोल्यो दुतावास



एजेन्सी, १३ असार । विश्व अहिले कोरोना भाइरसविरुद्व लडिरहँदा चीनले आफ्नो रणनीतिलाई तीव्रता दिएको छ । चीनले सानो, दूर्गम प्रशान्त टापूमा आफ्नो दूतावास खोलेको हो । यो टापुको जनसंख्या एक लाख १० हजार मात्र छ ।

आखिर यति थोरै जनसंख्या भएको सानो टापुमा चीनले किन चासो बढायो ? यसमा धेरैको ध्यान गएको छ । कोरोनासँग सँसार लडिरहँदा चीन आफ्नो निति प्रति अग्रसर भइरहेको देखिएको छ । मध्ये प्रशान्त महासागरमा अवस्थित किरिबाटी टापू बेजिङ शहर भन्दा हजारौँ माइल टाढा रहेको छ । उक्त टापूमा चीनबाहेक अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यूबाको मात्र दूतावास रहेको छ ।

किरिबाटीलाई अझै पनि सामरिक महत्वको स्थान मानिने गर्दछ । पछिल्लो सेप्टेम्बरमा टापूले ताइपेदेखि बेजिङसम्मको कूटिनितिक सम्बन्ध परिवर्तन गर्दे आएको थियो । किरिबाटीका राष्ट्रपति तनेती मामउको सम्बन्ध चीनसित नजीक रहेको कारण उनी राष्ट्रपतिय चुनावमा ताइवान नजीक रहेका प्रतिस्पर्धीलाई हराउन सफल भएका थिए । सो कारण चीनको उपस्थिती उक्त क्षेत्रमा तीव्र देखिएको छ ।

किरिबाटी प्रशान्त महासागरमा बेजिङको बढ्दो प्रभावको सबैभन्दा नयाँ उदाहरण हो । एसिया र अमेरिका बीचका महत्वपूर्ण जलमार्ग नियन्त्रण गर्ने संसोधनको मुख्य आधार यस टापूलाई मानिने गर्दछ । उक्त क्षेत्रमा चीनको उपस्थितले सम्पूर्णको ध्यान कन्द्रित गरेको छ ।

सुरक्षा निकायको सम्बन्धमा किरिबाटी टापूको विगतमा अ‍ेमरिका र अष्ट्रेलिया जस्ता देशहरुसंग समन्वय रहेको थियो । तर, तत्काल टापूकोे झुकाव चीनतर्फ बढी भएको कारण भू–राजनितिक अवस्थामा गम्भीर चुनौती खडा भएकोे छ । अष्ट्रेलियाको क्यानबेरा र बेजिङले उक्त क्षेत्रमा व्यापक मात्रामा सहयोग गरिरेहेको विषयले समेत सम्पूर्ण विरोधीको ध्यान केन्द्रित गरेको छ । उक्त टापूसितको लिंक गर्ने विषयलाई चीनले सार्वजनिक गरेको छैन् । तर, हङकङ र मकाउ सित जोडिएको दक्षिणी सीमाना खोल्ने र आवत जावत विस्तार गर्ने योजना रहेको जनाइएको छ । महामारीका बीच अष्ट्रेलिया र न्यूजील्याण्डका पर्यटक समेत आउन सकेको छ्रन् ।

विगतमा दूवै देशले दश लाख पर्यटक भित्राउने गर्दथ्यो । उक्त क्षेधमा ट्रान्स प्यासिफिकको योजना बनिरहेको कतिपय अष्ट्रेलियनको भनाइ रहेको छ । महामारीको बेला उक्त क्षेत्रमा परेको मर्कालाई चीनले उकास्ने भएको देखिन्छ । चीनले उक्त क्षेत्रमा आफ्नो गतिविधिलाई बढाइरहको छ । प्यासिफिक महासागरमा चीन र अन्य मुलुकबीचको आगो सल्किएको आँकलन लगाइएको छ । एसिया र अमेरिकी जलमार्गमा नियन्त्रण गर्ने योजना चीनको रहेको आकलन लगाइएको छ । प्यासिफिकमा एकल राजको दौडमा अग्रसर हुन चीन प्रयत्न गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot