Logo

महाभारतका यी दश जोडीको अमर प्रेम



महाभारतमा वैवाहिक सम्बन्धलाई धेरै महत्व दिएको छ । एकतर्फ बहुपत्नी त अर्को तर्फ बहु पति । कहि कसैको हरण भइरहेको छ भने कसैको जबरजस्ती विवाह भएको छ । तर यति हुदै गर्दा सुमधुर प्रेम कहानी पनि छन् जसले इतिहास परिवर्तन नै गरेको छ ।

१. सत्यवती र ऋषि पराशरः सत्यवती धीवर नामका एक माझीको छोरी थिइन् । उनले मानिसहरुलाई यमुना नदी पार गराउने काम गर्थिन् । पराशर ऋषिले सत्यवतीका सौन्दर्यमा आकर्षित हुन्छन् र उनीसँग सम्बन्ध राखी उनको कुमारीत्व भंग नगरी वेद व्यासको जन्म हुन्छ ।
२ं शान्तनु र सत्यवतीः उनै सत्यवतीको पछि राजा शान्तुनसँग विवाह भएको थियो । सत्यवती निकै सुन्दरी थिईन् । महाभारतमा शान्तुनले सत्यवतीलाई प्रेम नगरेको भए इतिहास नै अर्कै हुने थियो । सौतेनी आमाको खुशीको लागि शान्तुनका छोरा भीष्मले आजीवन ब्रहचारी बस्नु प¥यो ।
.कृष्ण र रुक्मिणी श्रीकृष्णको केहि अन्य महिलासँग प्रेम गरे । तर विवाह रुक्मिणीसँग भयो । कृष्णको प्रेम राधासँग भएको सबैलाई थाहा छ । विर्दभ राजाले श्रीकृष्णको फुपुको छोरा शिशुपालसँग रुक्मिणीको विवाह गर्न लागेको थाहा पाएर उनले नै कृष्णलाई चिठ्ठी पठाई आफ्नो बाबु र दाजुको निर्णयको विपक्षमा कृष्णले रुक्मिणीको हरण गर्नुपरेको थियो ।
४.अर्जुन र सुभद्राः सुभद्रा श्रीकृष्णको बहिनी थिइन् । बलरामले सुभद्राको विवाह कुरु वंशका दुर्योधनसँग गराउन चाहेका थिए तर कृष्णले सुभद्राको हातबाट अर्जुनलाई हरण गन लगाए । पछि द्वारकामा सुभद्रा र अर्जुनको विवाह धुमधामसँग सम्पन्न भयो ।
साम्ब र लक्षणाः भगवान कृष्णका ८ पत्नी मध्यै एक जाम्बवती थिइन् । जाम्बवतीको नाम साम्ब थियो । दुर्योधनको छोरी लक्षमणासँग साम्बको प्रेम थियो । लक्षमणा र साम्ब प्रेम विवाह गरी द्धारका फर्कन लाग्दा कुरु वंशका सदस्यहरु सेनासहित युद्ध गर्न द्धारका पुगेका थिए ।
६. हिडिंबा र भीमः पाँच पांडव लक्षागृहबाट बाचेर एक रात जंगलमा सुतिरहेको समयमा भीमले सुरक्षा दिइरहेका थिए । जुन जंगलमा राक्षस हिडिंबाको राज थियो । उसको छोरी एक नम्बरकी नर भंसक थिइन् । जंगलमा भीमलाई देखेर उसको मायामा परीन् र विवाह गर्ने प्रस्ताव राखिन् । अफ्ठेरोको बाबजुद उनीहरुको जंगलमा विवाह भयो । उनीहरुको एक छोरा पनि थिए । उनको नाम घटोत्कच्छ हो ।
७.अर्जुन र उनुपीः अर्जुनको चौथो पत्नी उलुपी हुन् । उलुपी जलपरी थिइन् । उनले नै अर्जूृनलाई जलमा हानिरहित रहने वरदान दिएकी थिइन् । महाभारतमा आफ्नो गुरु भीष्मपिता महलाई मारेको कारण उनी ब्रह्मा को छोराले श्राप दिएका थिए त्यो श्रापबाट उलुपीले नै मुक्त गरिदिएकी हुन् ।
कर्ण र द्रौपदीः द्रौपदी र कर्णबीचमा प्रेम भएको धेरै कथामा पाइन्छ । कर्णले द्रौपदीलाई निकै माया गर्थे र द्रौपदीले पनि माया गर्थिन् । स्वयंवरमा पनि कर्ण गएका थिए । द्रौपदीको बाबु द्रुपदले भीष्मको बिरोध गर्थे र कर्ण उहि भीष्मको पक्षमा थिए । दु्रपदले बारम्बार कर्ण सुतपुत्र भएको द्रौपदीलाई बताएका कारणे अपमानित गर्दे उनले कर्णसँग स्वयंबर गर्न सकिनन् ।
९्. राधा र कृष्णः राधा र कृष्णबीच गहिरो प्रेम रहेको पाइन्छ । वृन्दावनमा हुर्किएका कृष्णको लिला विष्णु पुराणमा वर्णन गरीएको छ । कृष्ण र राधा नदीमासँगै स्नान गर्ने गर्थे ।
१०. राजा दुष्यंत र शकुन्तलाः पुरुवंशका राजा दुष्यन्त र शकुन्तलाको छोरा भरत सर्वश्रेष्ठ राजा थिए । उनै । राजा भरतको नामबाट भारतवर्षको नाम भारत भएको मान्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्