Logo

नेपाल विद्यु्त प्राधिकरणका पूर्व कर्मचारीमाथि अख्तियारको मुद्दा



काठमाडौ, १६ असार । नेपाल बिद्युत प्राधिकरणको फोरमेन टहल बहादुर कार्कीमाथी एक करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । नेपाल बिद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त कार्की वहाल रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट कार्कीको १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँको श्रोत नखुलेको देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुृष्टि भएको थियो । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रकम जफतको लागि मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्