Logo

अध्यक्षद्वयलाई विवाद सुुल्झाउने जिम्मा



काठमाडौं, असार १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा पु¥याएपछि मात्र अर्को बैठक बस्ने जानकारी दिए । छलफलमा अन्य सचिवालयका सदस्यले समेत सहभागी हुनसक्ने छन् ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ । सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू केशव बडाल र अमृत बोहराले मात्र आफ्नो धारणा राखेका थिए।
असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि परेको निवेदनकै विषयमा बडाल र बोहराले धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि स्थायी कमिटीमा रहेका मन्त्रीहरू त्यसमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले ५ बजेदेखि दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सन्दर्भमा नयाँ कार्यसूचीमा छलफल गर्न खोजिए पनि बैठक अघि नढ्न नसकेको आजको गोराखपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot