Logo

हिमालयन एयरलाइन्सका पाइलट र क्रु मेम्बरलाई कोरोना संक्रमण



काठमाडौँ, १९ असार : लकडाउन का क्रममा करिब ३६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको जनाइएको छ । एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयर होस्टेजलाई कोरोना संक्रमण भएको हो ।आरडीटी परीक्षण नेगेटिभ आएका उनीहरूको पीसीआर परिक्षणमा पोजेटिभ देखापरेको छ । संक्रमण पुष्टि भएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।

पाइलटलाई संक्रमणलाई संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेजलाई पनि संक्रमण भएको फेला परेको जनाइएको छ । संक्रमण देखा परेसँगै हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको बुझिएको छ । हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम भने जारी रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्