Logo

ज्ञवालीको कार्यकाल न उपलब्धि न विवाद



काठमाडौं, असार २४ । १ सय ४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका २७औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धि र विवादबिना नै बितेको छ ।

बिनाप्रतिस्पर्धा सहज रूपमा प्रहरी संगठनको नेतृत्व हात पारेका ज्ञवालीले आफ्नो पाँच महिने कार्यकालमा सरल शैलीमा नै संगठन चलाए । उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । प्रहरी संगठनमा इमानदार अधिकृतको छवि बनाएका ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे ।

आइजिपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाउन भ्याएनन् । ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।

उनी आइजी बनेको करिब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो । यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् । उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर, सरकारी पक्षबाटै सोबारे कार्यविधि नै नबनेका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।

आइजी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण आजै अवकाश पाउँदै छन् । उनको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले साँझ ५ बजे कार्यक्रम तय गरिसकेको आजको राजधानी दैनिकमा खवर छ ।
त्धभभ



प्रतिक्रिया दिनुहोस्

Screenshot