भारतको मध्य प्रदेशमा एक व्यक्तिले पत्नीको साथमा एउटै मण्डपमा सालीसँग विवाह गरेका छन् । विवाह गर्ने ३५ वर्षका दिलिप परिहर, उनकी श्रीमती विनीता र साली रचना हुन् ।
दिलिपले पहिला सालीलाई घुमेर फेर लिए र पछि श्रीमतीलाई माला लगाइदिएका थिए । दिलिप र विनिताको ९ वर्ष पहिले विवाह भई ३ बच्चाहरु पनि छन् । दिलिपले विनिताले नै आफु बिरामी भएकोले बच्चाहरु सम्हाल्नलाई आफ्नै बहिनीसँग विवाह गर्न भनेपछि विवाह गरेको बताएका छन् । एजेन्सी