Logo

गगन थापाले भारतीय मिडियालाई गोदी मिडिया भन्दै नहेर्न आग्रह गरे



काठमाडौं, २५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर प्रसारित विषयवस्तुप्रति आपत्ती व्यक्त गरेका छन् । उनले त्यस्ता मिडियालाई ‘गोदी मिडिया’ भन्दै यसले हामी सबैको अपमान गरेको भनेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले शुरुमा नेकपा विवादमा चिनियाँ राजदुतको संलग्नतालाई अशोभनीय भनेका छन् । त्यसप्रति आपत्ती जनाएका छन् ।

थापाले गोदी मिडिया नेपालमा नहेर्न आग्रह गरे । उनले भने, ‘तिनको कार्यक्रममा भाग पनि नलिऊँ ।’

थापाको ट्वीटः नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा @PM_Nepal लाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।



प्रतिक्रिया दिनुहोस्

Screenshot