Logo

आजसम्म ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता



काठमाडौँ, २७ असार । मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ ।

पर्वत, पाल्पा, बझाङ, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परी ४६ जनाको मृत्यु भएको हो । जसमा ३७ जना घाइते भएका छन् । गृहमन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार ती घटनामा परी हालसम्म ५८ जना बेपत्ता रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot