Logo

गोकर्णले सम्झियो बहादुर शाह



काठमाडौँ, २७ असार । पृथ्वीनारायण शाहको अचानक निधनपछि नेपाल एकीकरणको अभियान एक खालले अलपत्र परेको थियो । पूर्वी अभियान करिब सम्पन्न भए पनि पश्चिमतिर अगाडि बढ्न बाँकी नै थियो ।

एकीकरणको अलपत्र अभियानलाई पूर्णता दिने इतिहासका नेतृत्वदायी पात्र राजकुमार बहादुर शाहको पृथ्वीनारायणका कान्छा छोरा मृत्यु भएको २२३ वर्षपछि गोकर्णको दक्षिण ढोकामा स्मरण गर्ने प्रयास थालिएको छ । गोकर्णको जङ्गल नजिकै दक्षिण ढोकामा ढाल–तरबार बोकेर बहादुर शाह ठिङ्ग उभिइसकेका छन् ।

यस कर्मको सूत्रधार रामेश्वर फुुँयाल हुनुुहुन्छ । तत्कालीन संविधान सभा सदस्य र अहिले बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ फुँयाल । दक्षिण ढोकामै बहादुर शाहको सालिक किन रु मन्त्री फुँयाल इतिहासमा अन्यायमा परेका पात्रलाई वर्तमानमा न्याय दिने प्रयास गरेका हाँैं भन्नुहुन्छ ।

सुगौली सन्धिले लगाएको पश्चिम साँध सिमाना समेटर लिम्पियाधुरा सहितको अद्यावधिक नक्सा सरकारले सार्वजनिक गरिसकेको छ । यही बेला नेपाल एकीकरण अभियानका पात्र बहादुर शाहको सालिक निर्माण हुनु एउटा गजब संयोग भएको अनुभव मन्त्री फुँयालको छ ।

नेपाल ट्रस्टको नाममा रहेको करिब अढाइ रोपनी जग्गामा निर्माण गरिएको ‘दक्षिण ढोका शान्ति वाटिका’मा बहादुर शाहको सालिक स्थापना गरिएको छ । यो कार्यलाई मन्त्री फुँयाल उब्रिएको जग्गाको उत्कृष्ट उपयोग भन्नुहुन्छ । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot