Logo

थपिए १० सहसचिव



loksewa logo

काठमाडौं, २७ असार । लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सह–सचिवको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनोट भएका छन्। मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो उर्तीण भएका छन्। त्यस्तै महिलामा अनिता निरौला र स्किम श्रेष्ठ सह–सचिव बनेका छन्।

आदीवासी जनजातीमा हेमराज तमाङ पास भएका छन्। लकडाउन अघि नै लिखित परीक्षा सञ्चालन भएर उनीहरुको अन्तर्वार्ता र मामिला प्रस्तुतिकरण रोकिएको थियो। लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतिकरण तथा १८ देखि २६ गतेसम्म सञ्चालन गरेका अन्तर्वार्ता सञ्चालन गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot