यदि कसैलाई फास्टफुड खाने शोख छ भने पक्कै बर्गर खान मन लागेको हो । आजकाल नयाँ नयाँ भेराइटीको बर्गर बजारमा पाइन्छ । भेराइटी धेरै भएकै कारण बर्गरको मुल्य पनि फरक–फरक हुने गरेको छ ।
एउटा बर्गर खरिद गर्न २ सय देखि धेरैमा ३ सयमा पाइन्छ तर भेनेजुयला एक बर्गरको लागि ५० लाख रुपैयाँ खरिद गर्न पाइन्छ । भेनेजुयलामा धेरै समयदेखि मंहगीको समस्या खेप्दै आएका छन् । दैनिक अत्यावश्यक चिजहरुको मुल्य असमान्य हिसाबले बढेकोले त्यहाँका नागरिकहरु अन्य देशमा शरणर्थी हुनेको सख्या धेरै छ ।
देशको अर्थतन्त्र नै धरायशी भएको छ । हाल आर्थिक संकट भोगिरहेको भेनेजुयला १९५० बाट १९८०को बिचमा आर्थिक रुपमा बलियो थियो । अमेरिका तथा युरोपका केही देशले तेल खरिद गर्न प्रतिबन्ध लगाएपछि भनेजुयलामा आर्थिक संकट परेको हो । एजेन्सी