Logo

९ सय मानिसद्वारा एकैसाथ आत्महत्या गरेको त्यो दिन



दुर्घटनामा परेर एकै पटक धेरैको मृत्यु भएको त सुनेका छौ तर सबैले एकपटक एकै स्थानमा आत्महत्या गरेको भने आश्चर्यको कुरा हो । अमेरिकाको गुयाना जोसटाउनमा एकै पटक ९ सय जना मानिसले आत्महत्या गरेका थिए । अन्धविश्वासको कारण एकैसाथ आत्महत्या गरेको बताइएको छ ।

यति धेरै मानिसहरुले एकैपटक आत्महत्या गर्नुको कारण जिम जोस नामका धर्मगुरु भएको बताइएको छ। १९७८ को घटना हो । धर्मगुरुले आफैलाई भगवानको अवतार मान्दै चर्चमा बस्थे । उनले हजारौ अनुयायी बनाएका थिए । उनले चाहेका महिला पुरुष अनुयायीले उनको रातदिन सेवा गर्थे ।

जिम कम्यनिस्ट विचारधाराका थिए यसैले आफ्ना अनुयायीको साथमा टाढा जंगलमा बस्दै आएका थिए । अमेरिका सरकारको उनको गतिविधि थाहा पाएर कारवाही गर्ने चेतावनी दियो । धर्मगुरुले सबै अनुयायीहरुलाई सेनाको गोलीबाट बच्न भन्दै जबरजस्त विष भएको जल पिलाउन थाले । कसैले इच्छाले पिए भने कसैलाई जबरजस्त पिलाए । उक्त जलको कारण ९ सय जनाले एकै ठाउँमा एकै पटक ज्यान गुमाए । मृत्यु हुनेमा ३ सय बालबालिका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्