Logo

हातहतियार सहित पक्राउ



काठमाडौं, ३० असार । हातहतियार सहित लाल बहादुर कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । डडेलधुरा आलिताल फल्लीखर्कका कुँवर घरमा लुकाई छिपाई राखेको लाईसेन्स बिनाको भरुवा बन्दुक १ थान, सोही भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा र सिसा १७ थान सहित पक्राउ परेका हुन् ।

त्यस्तै काभ्रे पाँचखाल कोटयाङका सन्त बहादुर तामाङलाई भरुवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot