Logo

उड्ने सर्प



क्रिसोपिली जीजस उड्ने सर्पमध्ये एक हो । जसको धेरै कम मात्रामा विष हुन्छ र मानिसको लागि हानिरहित हुन्छ । यो दक्षिण–पुर्वी एशियामा, दक्षिण चीन, भारत र श्रीलंकामा पाइन्छ । भारतको पनि मध्य भारत, बिहार, उडीसा र बंगालमा धेरै पाइन्छ ।

यो एकदम छिटो चल्न सक्ने क्षमता नै यसको विशिष्टिता हो । यसले आफ्नो शरीर फुलाएर एक विशेष आकार दिएर अर्को ग्लाइडमा जम्प गर्छ । उड्न सक्ने भएकोले उडुवा सर्प भनिएको हो । उक्त सर्प धेरै छिटो हिड्ने हुनाले उडेको जस्तो देखिन्छ ।

यसको रंग माथिल्लो भाग हल्का हरियो मा हल्का पहेलोे हुन्छ । कालो रंगको धर्साहरु किनार किनारको भागमा देखिन्छन् । आधि भाग हरियो हुन्छ । टाउको कालो, पहेलो वा हल्का हरियो र केही दागहरुसहित कालो हुन्छ ।

यसले छेपारो, साना स्तनपायी, चरा, साना सर्प र किराहरु खान्छ । यो सर्प घरको वरिपरि देखा पर्छन् । यो अन्डा दिने प्रजाती पनि भएकोले कहिलेकाँही रुखका हाँगाहरुमा झुण्डिएको पनि देखिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot