Logo

आजबाट पुनः उद्वार उडान हुने



काठमाडौं, असार ३१। सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै छ । सरकारले कारोनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउनको लागि दोस्रो चरणको उद्धार उडान गर्न लागेको हो ।

जेठको अन्तिम साताबाट पहिलो चरणको उद्धार अभियान चलाएको सरकारले असार २८ गते यो चरण सम्पन्न गरेको थियो । विदेशमा रहेका नेपालीहरू नेपाल आउने जानकारी गराउँदै सम्बन्धित देशका दूतावासमा जानकारी दिँदै निवेदन दिनेको संख्या वृद्धि भएसँगै सरकारले असार ३१ गते आजबाट साउन ६ गते सम्म १ साता उद्धार उडानको समय थप गरेको थियो ।

दैनिक ६ उडानमार्फत सातामा ४२ उद्धार उडानमार्फत नेपाली नागरिकलाई स्वदेश ल्याइँदै छ । दैनिक ६ उडान गर्ने तयारी गरेको सरकारले औसतमा १२ सय नेपाली स्वदेश फिर्ता गर्ने सरकारको योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनु भएको छ ।

करिब दुई दर्जन मुलुकबाट ७६ हजार बढी नेपालीले स्वदेश फिर्ता हुनको लागि आवेदन दिएका छन् भने असार २८ गतेसम्म २५ मुलुकबाट करिब २७ हजार ५ सय नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot