Logo

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ । असार २५ गते बिहीबार सबैभन्दा बढि ९२ हजार ४०० रुपैयाँमा सुन खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot