Logo

पहिरोले दुई घर पुरियो,एक जनाको शव फेला



सिन्धुपाल्चोक, १ साउन : भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिराले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो । गए राति आएको पहिराले दुई घरमध्ये एक पूर्ण तथा अर्काे आंशिक क्षतिग्रस्त भएको छ ।

पूर्णरुपमा क्षति भएको घरका पाँच महिलालार्ई पहिराले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot