Logo

विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारले निःशुल्क ल्याउने, उद्धार कार्यविधि तयार



काठमाडौं, १ साउन । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेका श्रमिकहरुलाई निःशुल्क स्वदेश ल्याउने भएको छ । उनीहरुलाई वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट ल्याउने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गर्दै उनले रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीको उद्धर सम्बन्धी कार्यविधि तयार पारिएको स्पष्ट पारे ।

उनकाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर अलपत्र परेका आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ति गर्न लागेको हो । श्रम मन्त्रालयले तयार गरेको कार्यविधिमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot