Logo

एक हजार आइसी दिएर नक्कली नेपाली बनाई कपाल मुण्डनको भिडियो बनाएको खुलासा



काठमाडौं, ३ साउन । बनारसमा नेपालीको कपाल मुण्डन गरी जय श्री राम लेखी अभद्र व्यवहार गरिएको भन्दै भिडियो बनाइयो । सामाजिक सञ्जालमा भिडियो पनि भाइरल भयो । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नारा समेत लगाइएको थियो ।

ओलीले भगवान श्री रामको जन्म स्थान नेपालमा रहेको भनी दिएको अभिव्यक्तिको विरोधमा विश्व हिन्दु सेनाले उक्त कदम चालेको बताइयो । भिडियो बनाउनेहरु पक्राउ परे । कपाल मुन्डन गरिएका नेपाली भनिएकाबारे पनि खोजी भयो ।

तर, घटना नियोजित रुपमा गराइएको बनारस प्रहरीले खुलाएको छ । ती व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ । बनारसकै धर्मेन्द्र सिंह नामका पुरुष साडीको पसलमा काम गर्थे । लकडाउनका कारण चरम आर्थिक संकट भएपछि उनी एक हजारमा कपाल मुन्डन गरी भिडियो बनाउन तयार भएका थिए ।

घटनामा छ व्यक्ति पक्राउ परिसेका छन् । जसमध्ये सन्तोष पाण्डे, राजु यादव, अमित दुवे र आषिश मिश्रा मुख्य अभियुक्त रहेको बनारस प्रहरीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकको योजना रहेको भन्दै उजुरी दर्ता भएको छ । पाठक उद्धव ठाकरेसँग पनि सम्बन्ध रहेको खुलेको छ । पाठक अझै पक्राउ परेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्