Logo

खुंखार अपराधी वीरप्पनकी छोरी भाजपाको राजनीतिमा सक्रिय



एजेन्सी, ४ साउन । भारतमा कुनैबेलाका खुंखार अपराधी हुन् वीरप्पन । उनलाई आतंकवादी गतिविधिमा संलग्न रहेको, करिब १५० मानिसको हत्या गरेको र १५० भन्दा बढी हात्तीको शिकार गरेको आरोप लागेको थियो । वर्षौंको खोजीपछि प्रहरीसँगको मुठभेडमा सन् २००४ मा मारिएका थिए । अझैपनि विरप्पनबारे चर्चा चलिरहन्छ ।

तीनै विरप्पनकी छोरी राजनीतिमा सक्रिय भएकी छिन् । त्यो पनि भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट । वीरप्पनकी २९ वर्षीया छोरी विद्या विरप्पनले कानुन पढेकी छिन् । उनी हाल कृष्णगीरीस्थित बच्चाहरुका लागी स्कुल सञ्चालन गर्दै आएकी छिन् । उनलाई भाजपाले तमिल नाडुको युवा नेतृको रुपमा खडा गरेको छ । तमिल नाडु राज्यमा भाजपाको बहुल्यता नरहेको कारण चर्चित नामलाई अगाडि ल्याइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

विद्याले आफू कुनैपनि सामाजिक सेवामा संलग्न नरहेको भन्दै आफूलाई मानवताको शैलीमा प्रस्तुत हुन मन रहेको भन्दै स्पष्ट पारकी छिन् । उनलाई भाजपाको युवा नेतृको रुपमा फेसबुकमार्फत जानकारी गराइएको थियो । उनले आफ्नो बाबुलाई एक पटक मात्र देखेको बताइन् । गर्मी विदामा घर आएकी थिइन् त्यस बेला उनको वीरप्पनसंग भेट भएको र उनलाई डाक्टर बन्न प्रोत्साहन गर्दै मानवताका लागि कार्य गर्न सल्लाह दिएको विद्याले बताइन् ।

विरप्पन आफै राजतनितीमा संलग्न नरहेपनि उनको पहुँच भने अत्यधिक रहेको जनाइएको छ । विद्याकी आमा भने अझै तमिल नाडुको क्षेत्रिय दलमा कार्यरत रहेकी छिन् । उनी समाजमा परिवर्तन गर्न मख्य भुमिका खेल्न सक्ने जनाइएको छ । सन् २०११ मा आफूले मनपराएको केटासंग विवाह गर्न घर र समाज दुवैसँग संघर्ष गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot