एजेन्सी, साउन ५ । स्पेनिस ला लिगाको अन्तिम खेलमा रियल म्याड्रिड र लेगानेस बिचको खेल बराबरीमा रोकिएको छ । २–२ गोल गरेको दुबै टोलीले अन्तिम समयमा आएर अग्रता लिन नसकेपछि खेले बराबरीमा रोकिएको हो । रियलका कप्तान सर्जियो रामोस र मार्को एसेन्सियाले एक–एक गोल गरेका थिए भनेलेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल फर्काएका थिए ।
खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि पहिलो हाफको इन्ज्युरी समयमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भएका थिए।
त्यस्तै, खेलको ५२औं मिनेटमा इस्कोको पासमा मार्को एसेन्सियोले गोल गरेपछि रियलले अग्रता लिएको थियो । तर, उक्त अग्रता खेलको ७८औं मिनेटमा जोनाथनकै पासमा रोजरले गोल गरेपछि बराबरीमा सकियो ।