Logo

बाहिर हल्ला भएजस्तो ओली–दाहालबीच ठोस सहमति भएकै छैन् : देवेन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिको लागि विभिन्न विकल्पमा छलफल भैरहेको तर ठोस सहमति नभएको जिकिर गरेका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

पार्टीको महाधिवेशन मंसिरमै गर्नेबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेको र उक्त प्रस्तावमा छलफल भएको पौडेलले सुनाए । तर, निर्णय भने भईनसकेको उनको जिकिर छ । उनले भने,‘मंसिरमै महाधिवेशन गरौं भन्ने विषय नयाँ हो । यो विषय बैठकमा प्रवेश गरेको कुरा साँचो हो । अध्यक्ष प्रचण्डले पनि यो विषय मननयोग्य विषय हो भनेर भन्नुभयो । पार्टीको निकासको निम्ति यो विषयलाई गम्भीरताको रुपमा लिईनुपर्छ भन्नुभएको हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot