Logo

जेलबाट भाग्न पुरुष स्त्री हुन खोज्दा…



ब्राजिलमा एक ग्याङस्टारले जेलबाट भाग्नलाई गजबकै तरिका अपनाएका छन् । उनले अनेक जुक्ति लगाएपनि जेलबाट भने निस्कन सकेनन् । जेलबाट भाग्नलाई ती व्यक्ति आफ्नो असली रुपनै बदलेर बाहिर निस्किएका थिए ।

क्लभिनो दा सिल्भा नामका एक व्यक्ति जेल भित्र बन्द छन् । उनले भित्रैबाट बाहिर भाग्ने जुक्ति निकालेका हुन् । केटीको रुप बनाएर जेलबाट भागेपनि उनको आफ्नै गल्तीले उनलाई प्रहरीले समातेको थियो । उनले मुखमा सिलिकन माक्स लगाएर केटीको रुपमा बाहिर निस्किदा समाते ।

उनकी छोरी उनलाई भेट्न आएकी थिइन् । छोरीलाई भित्र राखेर आफुले छोरीको कपडा लगाएर बाहिर निस्केका थिए सिल्भा। छोरीको भेषमा जेलबाट निस्केका सिल्वी गेटबाट निस्कदा बित्तिकै पुरुष झै हिडेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्दा उनी भागेको पत्ता लागेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्