Logo

पत्नीलाई काधमा राखेर दौडने प्रतियोगिता, विजेतालाई पत्नीको तौल बराबरको बियर



चलचित्रमा त कहानी सनेकै हो पत्नीलाई बोकेर हिडेको । तर हाल एक स्थानमा आफ्नो पत्नीलाई काधमा बोकेर दौडनेलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । पत्नीलाई बोकेर दौडने प्रतियोगितामा विजेतालाई उसको पत्नीको तौल बराबरको बियर पुरस्कार घोषणा गरिएको छ ।

उक्त प्रतियोगिता सोनकारजार्वी भन्ने स्थानमा आयोजना गरिएको थियो जसमा फ्रान्स, जर्मनी र अष्ट्रेलियाबाट समेत सहभागी हुन जोडीहरु आएका थिए । त्यस्तो आश्चर्य लाग्दो प्रतियोगतामा सहभागी हुन १७ वर्ष भन्दा माथी र पत्नीको तौल थोरैमा पनि ४९ किलो हुनुपर्ने नियम राखिएको थियो ।

उक्त रेसमा पति पत्नीको साथसाथै अविवाहित जोडीले पनि भाग लिन सक्थे र कसैको पत्नी नभएमा छिमिकीको पनि ल्याउन छुट दिइएको थियो । रेसमा पुरुषले आफ्नो महिला पाटनरलाई जसरी र जता लगेर पनि भाग्न सक्थे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्