Logo

स्कुलमा होमवर्क नगर्ने बालकले गरे अपहरणको नाटक



भारतको उत्तर प्रदेशका लखनउका दुईजना बालकहरुले स्कुल जान मन नलागेपछि माता पिताको डरले अपहरणको झुठो कहानी बनाएका छन् । १३ र ११ वर्षका २ बालकहरुले माता पितासमक्ष कहानी बताए ।

‘बिहान स्कुल जाँदै गर्दा कारमा आएका एक व्यक्तिले उनीहरुलाई बोलाए । कारको नजिक गएपछि २ जनालाई नै भित्र ताने। कारको भित्र ५ जना मानिस थिए । उनीहरुले हाम्रो आँखामा पट्टी बाधे । ठाकुरगंजमा २ बालकले कारको शिशा बोतलले तोडेर मद्दतको लागि चिच्चाएर भाग्न सफल भएको बताए । ’

माता पिताले बच्चाहरुको कुरा सुनेर आत्तिदै प्रहरीलाई खबर गरे । प्रहरीले सिसी क्यामेरा हेर्दा बालकहरुले भने जस्तो केहि नदेखेपछि बालकहरुलाई सोध्दा स्कुलको गृहकार्य नगरेको र ढिलो भएकोले कहानी बनाएको बताए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्