Logo

डिसहोम सगरमाथाको टुप्पोमा गएरपनि हेर्न मिल्छ : सुदिप आचार्य



डिस मिडिया प्रा.लि. का प्रबन्ध निर्देशक सुदिप आचार्यले डिसहोम देशको कुनाकाप्चामा पुगिसकेको र ४५ प्रतिशतभन्दा बढी जनताले डिसहोम हेरिरहेको दाबी गरेका छन् । उनले काठमाडौंलगायतका मुख्य शहरमा पनि डिसहोमले राम्रो बजार ओगटेको स्पष्ट पारे । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आचार्यले भनेका छन्,’दूरदराजमा अरू च्वाइस नभएकोले डिसहोमको बाहिर मार्केट धेरै देखिएको हो भन्ने कुरा हो तर समग्रमा भन्ने हो भने नेपालभरि नै युनिफर्म तरिकाले दूरदराजमा हामीहरू नै स्ट्रङ्ग भएकोले डिसहोम हेर्ने ग्राहकहरू संख्या राम्रै छ ।’ प्रस्तुत छ आचार्यसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

डिजिटल टि.भी. अपरेटर संघ किन र के का लागि स्थापना गर्नुभयो ?

डिजिटल टि.भी. अपरेटरहरू डिजिटलाइजेशनमा गइयो । योभन्दा अगाडि एनालग र डिजिटल भनेर छुट्टा छुट्टै थियो । सरकारले डिजिटलाइजेशनको एउटा उद्देश्य लिएर पूरा पनि गरिसकेको अवस्था छ । त्यसमा हामीले साथ पनि दिएका छौँ । डिजिटल अपरेटर टेलिभिजन अपरेटरहरूको छुट्टै किसिमको व्यवसाय भएको हुनाले हामीले २० वटा लाइसेन्स त छुट्टाछुट्टै लाइसेन्स नै छन् । त्यसलाई पनि एकीकृत गरेर अगाडि बढ्नुपर्ने जरुरी देखियो ।

क्लिन-फिडको विषयमा तपाईको धारणा के हो ? सबै समेट्ने गरी राज्यले के गर्नुपर्छ ?

क्लिन फिडमा हाम्रो मुख्य रूपमा यसलाई कसरी अगाडि बढाउनुपर्ने भन्ने कुरा नै हो । सरकारले ल्याएको कानुनलाई अगाडि बढाउने क्रममा हामी लागिरहेका छौँ । तयारी गर्ने क्रममा केही यसका समस्याहरू छन् । कस्टिङ्ग अलिकति कम गराएर ग्राहकलाई अप्ठ्यारो नपर्ने गरी किनभने अहिले हामीले देखेको समस्या भनेको क्लिन-फिड लागू हुने क्रममा धेरै खर्च बढ्ने देखिन्छ । हामीलाई खर्च बढ्ने बित्तिकै ग्राहकलाई पास गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्था नआओस् । त्यस्तो अवस्था आएपनि त्यसलाई मिनिमम खर्चमा गर्न सकियोस् भन्ने हामीहरूको चाहना हो । त्यसमा टेक्नोलोजीहरू प्रयोग गर्न सकिन्छ । टेक्नोलोजीहरू प्रयोग गरेर यसलाई अगाडि बढाऔँ । यसमा सरकारले पनि जानकारी राखोस् । हामीले जुन कुरा उठाउँछौँ, त्यसलाई सुनुवाइ होस् भन्ने मुख्य कुरा त्यही हो ।

अहिलेको अवस्थमा डिस होमले नयाँ नयाँ च्यानलहरू पनि दिइरहेको छ । के छ नयाँ योजनाहरू ? जनताले हेर्नुपर्ने किन डिसहोमलाई ?

हामीले डिसहोमको टेक्नोलोजीहरू प्रयोग गरिरहेका छौँ । कन्टेन्टहरू विभिन्न किसिमले प्रयोग गरिरहेका छौँ । नेपाली कन्टेन्टहरू हाम्रोमा एक्ल्युसिभ रूपमा हामीले आउटसोर्सिङ्ग नै गरेर हामीले राखिरहेको च्यानलहरू छन् । रमाइलो टि.भी. छ । १५ वटा छुट्टाछुट्टै च्यानलहरू छन् । नेपाली फिल्महरू हलमा हेरेकोजस्तै पर शो गरेर हेर्न सक्नुहुन्छ । नयाँ नयाँ फिल्महरू हलमा नलागेका बाहिर निस्कि नसकेका फिल्महरू हामीले प्रसारण गरिरहेका छौँ । त्यो फिल्म हलमाजस्तै निश्चित् समयको लागि किन्न मिल्छ ।

डिसहोमको प्रभाव देशभरि छ ? पछिल्लो समय संरचना कहाँ कहाँ पुग्यो ? कति प्रतिशत जनताले डिसहोम हेर्छन् ?

डिसहोम नेपालको सबै कुनाकाप्चामा पुगिसकेको छ । यो हाम्रो पहिलेदेखिको फुटप्रिन्ट नै हो । सगरमाथाको टुप्पोमा गएर पनि डिसहोम हेर्न मिल्छ ।

कति प्रतिशत जनताले डिसहोमलाई प्रयोग गरिरहेका छन् हाम्रो देशमा ?

४५ प्रतिशतभन्दा बढी जनताले डिसहोम हेरिरहेका छन् । भारतीय डि.टि.एच.को प्रभुत्व छ । अहिले सबै डिजिटलमा नै छ ।

काठमाडौँभन्दा ग्रामीण जनताले डिसहोम बढी प्रयोग गरेको तथ्यांक बाहिर आएको छ । के यो तथ्यांक सही हो ?

काठमाडौँमा पनि हाम्रो राम्रै शेयर छ । ग्रामीण क्षेत्रमा प्रदायकहरू जानसक्ने अवस्था गा¥हो छ । हामीले सबै ठाउँमा कभर गर्ने भएकोले गाउँगाउँमा दूरदराजका मान्छेहरूले डिसहोममा टेलिभिजन हेर्न सक्छन् । त्यसैले दूरदराजमा अरू च्वाइस नभएकोले डिसहोमको बाहिर मार्केट धेरै देखिएको हो भन्ने कुरा हो तर समग्रमा भन्ने हो भने नेपालभरि नै युनिफर्म तरिकाले दूरदराजमा हामीहरू नै स्ट्रङ्ग भएकोले डिसहोम हेर्ने ग्राहकहरू संख्या राम्रै छ ।

तपाई कामना विकास बैंकको अध्यक्ष पनि हुनुहुन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पनि ल्यायो । यसमा तपाईको धारणा के छ ? राम्रो छ कि छैन मौद्रिक नीति ?

म त एकदम इम्प्रेस भएँ । किनभने अप्ठ्यारो टाइम थियो । धेरै समस्याहरू थिए । फाइनान्सियल, इकोनोमिक समस्याहरू थिए । त्यसलाई मौद्रिक नीतिले सहयोग गरेको देखिन्छ । डेभलपमेन्ट बैंकको एउटा पर्टिकुलर दृष्टिले हेर्ने हो भने हामीलाई अप्ठ्यारो हुने हो कि भन्ने हामीले महसुस पनि गरेका छौँ । ओभरल इकोनोमिक हिसाबले एउटा तरङ्ग नै ल्याएर भविष्यको राम्रोको लागि नीति राष्ट्र बैंकले ल्याएको छ । यसमा म एकदमै पोजिटिभ हिसाबले मैले हेरिरहेको छु ।



प्रतिक्रिया दिनुहोस्