Logo

अनलाइन होमवर्क नगर्ने किशोरी जेल चलान



एजेन्सी, ७ साउन । गत मे महिनाको मध्य देखि आफ्नो बिद्यालयले दिएको अनलाइन गृहकार्य पूरा नगरेको कारण अमेरिकाको मिचिगनको कारगारमा थुनिएकी पन्ध्र वर्षिया काला जातिका किशोरीलाई घर फर्कने अनुमति नदिइने निर्णय सोमवार न्यायधिशले बताएका छन् । यस घटनालाई लिएर प्रतिकात्मक रुपमा प्रक्रियागत नश्लवादी कार्य भएको र काला बालबालिकाहरुको अपराधिकरण भइरहेको भन्दै जन आक्रोस फैलिरहेको छ ।

ओकल्यान्ड काउन्टि न्यायधिश मेरी एल्लेन ब्रेन्नानले आफ्नो निर्णय सुनाउने क्रममा ति किशोरीले बाल सुधार गृहमा घेरकै जस्तो व्यवहार र वातावरण पाइरहेको तर उनी अझै आफ्नी आमासंग बस्ने समय आइ नसकेको बताएकीछन् । साथै उनले यस मुद्धामाथि आगामी सेप्टेम्वरमा अर्को सुनवाइ हुने बताएकीछन् । उनले जन विरोध र आक्रोसको दवावमा आफुले निर्णय नबदल्ने पनि बताएकीछन् ।

तर ग्रेस नामकी ति किशोरीले आफुलाई आमाको यादले धेरै सताएकोले घर जान दिन याचना गर्दै आइन्दा आफु आज्ञाकारी हुने पनि बताएकीछन् । डेट्रोइटको उपनगरमा यस विषयलाई लिएर केहि दिन यता अभिभावक र बिद्यार्थीहरुले विारोध प्रदर्शन गर्दै आइरहेका छन् । तर मिचिगन सर्वोच्च अदालतले ग्रेसलाइृ हिरासतमा लिइनुका कारणहरु मथि पुनरावलोकन गरिने जनाएको छ । ग्रेसमाथि यस अघि पनि साथीको मोवाइल चोरेको अभियोग लागिसकेको बताइएको खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot