Logo

भारतमा पत्रकारको गोली हानी हत्या



एजेन्सी, ७ साउन । भारतको गाजियावादमा गोली प्रहारबाट घाइते पत्रकारको निधन भएको छ । सोमबार विजयनगरस्थित घर नजिकै एकसमुहले गोली हानेपछि घाइते विक्रम जोशीको आज विहान निधन भएको हो ।

जोशीको टाउकोमा गोली लागेको थियो । गम्भीर घाइते भएका उनलाई बचाउने प्रयास भएपनि नसकिएको टाइम्स अफ इन्डियाले उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै लेखेको छ ।

घटनामा दोषी नौ जनालाई पक्राउ गरिएको छ । विक्रमले विजयनगर प्रहरी स्टेसनमा भतिजीलाई केही व्यक्तिले हैरान गरिरहेको भनी उजुरी गरेका थिए ।

मुख्य अभियुक्त रवि स्थानीय गुण्डाका रुपमा बदनाम भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनले छोटु भन्ने गोली प्रहार गर्ने संदीग्धसहित आफ्ना साथीहरुसँग मिलेर १७ वर्षीया युवतीलाई र्दुव्यवहार गरेको र उनका भाईलाई पनि कुटेपछि विक्रमले उजुरी गरेका थिए । जोशीको रविसँग घम्साघम्सी भएपछि दुवैले प्रहरीमा उजुरी गरेका थिए तर दर्ता भएन ।

रवि र छोटु सातजना सहित जम्मा भएपछि छोटुले गोली प्रहार गरेको भनिएको छ । अस्पताल लगिएका जोशीको खोपडीबाट गोली निकालिएपनि उनी कोमामा गएका थिए । उनको आज निधन भयो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot