Logo

कोरोनाः २४ घण्टामा १० हजार ६ सय ४८ जनाले ज्यान गुमाए



काठमाडौं, साउन ८ । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ३० हजार एक सय ३१ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विहिबार सार्वजनिक गरेको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १० हजार ६ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै विश्वभरीमा एक करोड ५३ लाख ७१ हजार आठ सय ३६ जना कोरोना संक्रमित फेला परेका छन। संक्रमित मध्ये हालसम्म ९३ लाख ३८ हजार सात सय ६१ जना कोरोना मुक्त भएका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४६ हजार एक सय ८३ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८२ हजार आठ सय ९०, भारतमा २९ हजार आठ सय ९०, रसियामा १२ हजार सात सय ४५ तथा दक्षिण अफ्रिकामा पाच हजार नौ सय ४० र पेरुमा १७ हजार चार सय ५५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot