Logo

फेसबुकमा फोटो सेयर गर्ने डाक्टरको लाइसन्स रद्द



म्यानमारको मेडिकल काउन्सिलको एक डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । उनी महिला डाक्टर हुनुको साथै मोडल पनि हुन् । काउन्सिलको अनुसार डाक्टरले अनुचित कपडा लगाएरु आफ्नो फेसबुकमा तस्वीर पोस्ट गरेकी थिइन् । २८ वर्षकी महिला डाक्टरले प्रायजसो फेसबुकमा यस्तै आपत्तीजनक तस्वीर सेयर गर्दै आएको कारण लाइसेन्स नै रद्द गर्ने फैसला गरेको हो । ४ वर्षदेखि डाक्टरको पेशामा प्रवेश गरेकी उनले केहि समयदेखि आफुलाई मोडलिङ तिर केन्द्रित गर्दै आएकी थिइन् ।

उनको नाम नाङ म्यो सान हो । डा. सानले काउन्सिलको फेसलाको विरोध गर्दे आफ्नो स्वतन्त्रतामा बाधा पु¥याएको बताएकी छिन् । मेडिकल काउन्सिलले धेरै पटक सामाजिक सञ्जालमा सेयर नगर्न चेतावनी दिएपनि उनले पोस्ट गर्न छाडेकी थिइनन् । बिरामी जाच्दाँ डाकटरको कपडामा र बाहिर आफ्नो छुट्टै जीवन भोग्न पाउने भएकोले मेडिकल काउन्सिलको फैसलाको विरुद्ध जाने पनि जानकारी दिएकी छिन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्