Logo

मुसाले बच्चाको ज्यान जोगायो (भिडियोसहित)



एजेन्सी, ९ साउन । संसारमा निस्वार्थ माया गर्ने हामीलाई आमा नै हुन् । हरेक प्राणी जन्मने तरिका अलग भएपनि जन्माउने आमा नै हुन् । मानिसले मात्र आफ्नो कुरा दर्शाउन सक्छन् अन्य प्राणीले भावना अभिव्यक्त गर्न सक्दैनन् ।

सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा मुसाले आफ्नो बच्चा प्रति आमाको भुमिका दर्शाएको छ । मुसको यो भिडियोले जो कसैलाई एकछिन सोच्न बाध्य बनाउछ र भावुक बनाउछ । आकाशबाट वर्षा भइरहेकोले मुसाको परिवार बस्ने प्वाल भरिन्छ । प्वाल भरिएपछि मुसा यता उता भटक भटक गर्छ ।

मुसाको आमाले बच्चालाई सुरक्षित स्थानमा लैजान भरपुर कोशिश गरेको हुन्छ । एक पछि अर्को गर्दै बच्चा लिएर प्वालबाट बाहिर निस्कन्छ । यो भिडियो प्रवीण कस्वानले ट्विटरमा सेयर गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्