Logo

बा आमाले छोरी बेच्ने प्रथा भएको शहर



यो यस्तो शहर हो जहाँ युवतीहरुको खुलेआम बिक्रि हुन्छ । यसलाई त्यहाँ प्रथा मानिएको छ । आमा बुबाले आफ्नो छोरीको लागि ग्राहक खोज्न सघाउँछन् । वास्तवमा विवाह गर्नलाई ग्राहक खोजेका हुन् ।

यस्तो आश्चर्य लाग्दो प्रथा युरोपको एक समुदायमा प्रचलित छ र ग्राहक खोज्नको लागि बजार लाग्ने गर्छ । युवतीहरु पनि यस प्रथामा सहमत छन् । उनीहरुले आफ्नो लागि राम्रो पति खोज्ने अवसरको रुपमा लिन्छन् । आर्थोडोक्क्स क्रिस्चियनको एक समुदायको कलायदजीको रोम समुदायको प्रथा हो यो । यो समुदायका मानिसहरु धेरै गरीब छन् र मुस्किलले आफ्नो गुजारा चलाएका छन् । स्थिति नाजुक भएकोले समुदायका मानिसहशरुको सोच बदल्न पाएका छैनन् जसको कारण सयौ वर्षदेखि चल्दै आएका परम्परा मानिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्