Logo

विश्वको सबैभन्दा डरलाग्दो घर, १० घन्टा बसेमा १४ लाख मिल्ने



‘हान्टेड हाउस’ हामी मध्ये धेरैले सुनेकै छौ । वास्तवमा यो यस्तो घर हो जहाँ निर्माण गरिएको डिजाइनको कारण चर्चित छ । यो घरको भित्र पस्दा जो पनि डराउँछ । एक यस्तो ‘हन्टेड हाउस’ टेनिसीको समर टाउनमा पनि छ । जहाँ यदि बिना डर १० घन्टासम्म बसेमा तपाइँलाई १४ लाख रुपैयाँ इनाम दिन्छ ।

यसको नाम हो ‘मेक मी कैनर’ यसको मालिकले बिना डर यो घर भित्र १० घन्टा बस्न असम्भव छ तर यदि जो कोही बसेमा १४ लाख रुपैयाँ दिने दाबी गरेका छन् । यसको लागि ‘हन्टेड हाउस’ को भित्र जानुभन्दा पहिले व्यक्तिले ४० पेजको सम्झौता गर्नुपर्छ । उक्त डरलाग्दो घरभित्र जाने व्यक्तिको उमेर २१ वर्षभन्दा बढी हुनुपर्छ । यसको साथै मेडिकल प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।

मालिकले बताएअनुसार उक्त हाउस भित्रका निधारित स्थानसम्म पुग्ने क्रममा व्यक्तिको मानसिक रुपबाट र शारीरीक रुपबाट कयौ चुनौति पार गर्नुृ पर्ने हुन्छ । उक्तघर भित्र रिस उठेपनि काबुमा राख्नुपर्छ डरलाग्दा मुकुन्डो लगाएका मानिससँग सामना गर्नुपर्छ जो अचानक भुत जस्तै भएर नजिकै आउँछन् । डरलाग्दो आवाज आउने र सामान्य मानिस आत्तिन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्