Logo

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै



काठमाडौँ १३ साउन: अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुरुवाती कारोबारमा उच्च रुपले बढेको सुनको मूल्य कारोबारका क्रममा केही घटेपनि रेकर्ड जारी गर्ने क्रममा नै रहेको छ । बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ । सुरुवाती कारोबारमा सुनको मूल्य ४० डलरभन्दा धेरैले बढेर एक हजार ९८० डलरको बिन्दु पार गरेको थियो ।

पछिल्लो केही दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको छ । अमेरिका र चीनका बीचको सम्बन्ध बिग्रिदै गएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।

विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ ।-मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot