Logo

चार दिन काम र पाँच दिनको तलब दिने कम्पनि



हरेक कम्पनिहरु आ–आफ्नै नियमानुसार चलेका हुन्छन् । कम्पनिले कर्मचारीको काम अनुसार तलब दिन्छन् । यो विश्वमा एक यस्तो कम्पनी छ जहाँ हप्ताको ४ दिनमात्र काम हुन्छ र तलव ५ दिनको दिइन्छ ।

कम्पनीको नाम वर्सा हो । यस कम्पनी आइतबार, शनिवार र बुधवार पनि बन्द हुन्छ । तर, कर्मचारीलाई ५ दिनको तलब दिने गरेको छ । अष्ट्रेलियामा भएको वेर्सा कम्पनीले डिजीटल मार्केटिङ गर्छ । कर्मचारीलाई ३ दिन बिदा दिने निर्णय पछिल्लो १ वर्षदेखि लागु हुँदै आएको छ । त्यहाँ कर्मचारीहरु सोमवबर, मंगलबार, गुरुवार र शुक्रवार मात्र कार्यलय जान्छन् । बुधबार कुनै ग्राहकको काम परेमा फोनबाट नै समाल्छन् ।

लगातार काम गरेपछि कर्मचारी थाक्ने भएकोले सोमबार रिफ्रेस हुनलाई कम्पनीले छुट्टी दिएको हो । थाकेको कर्मचारीहरुले काम राम्रो नहुने भएपछि कम्पनीको उत्पादकत्व र ग्राहकमा असर देखिने भन्दै हप्तामा ३ दिन छुट्टी दिने निर्णय गरेको जनाएको छ । कम्पनीको अनुसार एक दिन बिदा दिदाँ कर्मचारी फ्रेस हुने र भोलीपल्ट काम राम्रो गर्ने भएकोले पहिलेको भन्दा ३ गुणा बढी उत्पादन भइरहेको कम्पनीले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्