Logo

कानभित्र माकुराले जालो लगाएपछि…



कान चिलाउनु सामान्य कुरा हो तर एक व्यक्तिलाई कान धेरै चिलाएर गाह्रो भएको छ । चीनको घटना हो । वास्तवमा कान धेरै चिलाएकोले डाक्टरकोमा पुगे । डाक्टरले जाँच पश्चात कानमा भएको समस्या पत्ता लगाए तर डाक्टर पनि डराए ।

वास्तवमा कानभित्र माकुराले घर बनाएर बन्दोबस्तले बसेको थियो । ली नाम गरेका कानका बिरामीको कानमा माइक्रोस्कोपको मद्दतले जाँच गर्दा माकुराले जालो लगाएको देखिएको थियो । ८ खुट्टा भएको जीउदो जीव देखिएपछि तुरुन्तै डाक्टरहरुले सानो चिम्टीको प्रयोगले माकुरालाइृ बाहिर निकालेका थिए ।

ली को कानमा सेलाइन साल्युशन हालेकाले माकुरा बाहिर निस्केको थियो ।



प्रतिक्रिया दिनुहोस्