Logo

विवाह गर्न अर्काको श्रीमती चोर्नुपर्ने



विवाहको बन्धन पवित्र मानिन्छ । फरक–फरक धर्ममा अलग –अलग रितीरिवाज हुन्छन् । विवाह गर्ने तरीका फरक भएपनि अर्थ भने सबै धर्म र समाजमा उस्तै हुन्छ । तर एक स्थानमा पुरुषको विवाह गर्न परेमा अर्काको श्रीमतीलाई चोर्नु पर्छ ।

वास्तवमा पश्चिम अफ्रिकामा बस्ने वोदाब्बे जनजातीमा यस्तो परम्परा चल्दै आएको छ । त्यहाँ कुनै पनि व्यक्तिको विवाह गर्नुपरेमा अर्काको विवाहिता श्रीमती भगाउनु पर्ने चलन छ जुन उक्त समुदायमा अनिवार्य रुपमा मान्ने पर्छ । यसरी विवाह गर्नु यी जनजातीको पहिचान हो ।

उक्त समुदायका युवाहरुको पहिलो विवाह घर परिवारको हिसाबले गर्ने र दोस्रो विवाह गर्नुपरेमा अर्काको श्रमिती भगाउनु पर्ने हुन्छ । कसैले यो परम्परा नमानेमा दोस्रो विवाह गर्न पाउँदैनन् ।

हरेक वर्ष गेरेवोल चाडको आयोजना हुन्छ । जहाँ केटा सजिएर आफ्नो अनुहारमा रंग लगाएर आउछन् र नृत्य गरेर अर्काको श्रीमतीलाई आकर्षित गर्न कोशिश गर्छन् । तर श्रीमानले थाहा पाउनु हुँदैन । नाँच्दा नाँच्दै अर्काको श्रीमती भगाउँछन् र पछि दुवैलाई खोजेर परम्परा अनुसार विवाह गरिदिन्छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्