Logo

यी महिलाको उमेर ३९ बालबालिका ३८



युगान्डामा ३९ वर्षकी एक महिलाको नाम मरियम नाबातंजी हो । उनी आफ्नो उमेर बराबर बच्चाहरुको आमा भएकी छिन् । मरियम ३९ वर्षकी भईन् तर ३८ जना बच्चाहरु उनको कोखबाट जन्मिएका हुन् । उनको विवाह १२ वर्षमा भएको थियो । १३ वर्षको उमेरमा पहिलो बच्चालाई जन्म दिएकी थिइन् ।

जब मरियमको विवाह हुदाँ पतिको उमेर तीन गुणा धेरै अर्थात् ४० वर्षको थियो । मरियमको ३८ जना बालबच्चा हुनुको कुरा रोचक छ । उनले ६ पटक त जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । चार पटक सम्म मरियमले एकै पटक ३÷३ बच्चालाई जन्म दिइन् र तीन पटक ४÷४ बच्चाको एकै पटक जन्म दिइन् ।

यो वास्तविकता सुनेर जो पनि एक पटक सोच्न बाध्य हुन्छ की एक महिलाले यति धेरै बच्चालाई जन्म दिइन् । उनलाई जाँच गर्ने डाक्टरले मरियमको अन्य महिलाको भन्दा धेरै ठुलो गर्भासय भएको कारण एकैपटकमा धेरै बच्चाको जन्म दिन सक्षम भएको बताएका छन् ।

मरियमले अन्तिममा जुडुवा बच्चा जन्म दिइन् जन्माउने क्रममा एक बच्चाको मृत्यु भएपछि उनका पतिले उनलाई सबै बच्चा छाडेर हिडे । मरियमले नै एक्लै सबै बच्चाको जिम्मेवारी वहन गर्दै आएकी छिन् ।

डाक्टरले गर्भ रोक्ने औषधीको बारेमा सल्लाह दिएपनि शरीरमा हानी गर्ने डरले प्रयोग नगरेकाले बच्चा धेरै जन्मिएको बताएकी छिन् । अन्तमा बच्चा जन्माएपछि उनका श्रीमान् हराए । श्रीमान हराएपनि आफै बाबु र आमा बनेर बच्चाहरुको ध्यान दिने बताइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्