Logo

मन्दिरको निर्माण गर्दा यी मानिसहरु ढुंगा बनेपछि…



भारतमा धेरै सख्यामा मन्दिर छन् पुजा अर्चना पनि अन्य देशमा भन्दा धेरै नै हुन्छ । तर आज हामी फरक खालको मन्दिरको बारेमा चर्चा गर्नेछौ । मध्यप्रदेशमा अवस्थि मन्दिरमा भएको घटना एक श्रापसँग जोडिएको छ र यसको निर्माण हाल सम्म अधुरै छ । निमार्णको काम आजसम्म सकिएको छैन ।

वास्तवमा श्रापको कारण मन्दिरको निर्माण पुरा हुन सकेको छैन । जानकारी अनुसार दुई भाई मिलेर मन्दिरको निर्माण गर्दै थिए तर पुरा हुन सकेन । मन्दिरको नाम सिद्धेश्वरनाथ महादेव हो । मध्यप्रदेशको बैतुल जिल्लमा भैसदेही स्थित पुर्णा नदीको किनारमा बनेको छ । यस मन्दिरको निर्माण ११ र्औ शताब्दीमा शुरु भएको थियो । मन्दिरको निर्माण गय राजाले गराएका थिए । उक्त समय त्यहाँको राजधानी महिष्मति थियो ।

राजा गय शिवजीको ठुला भक्त थिए । त्यसैले आफ्नो स्थानमा शिव मन्दिर बनाउन सुरु गरे । मन्दिर निर्माण गर्न प्रसिद्ध वास्तुशिल्पीहरु नागर –भोगर दाजुभाईलाई बोलाएका थिए ।

ती दाजुभाई दुई जनाले रातको समयमा नाङ्गै भएर काम गर्थे । यदि कोहि मानिस आएर देखेमा ढुंगा भई हाल्ने गर्थे । दुई जना दाजु भाईले एकै रातमा मन्दिरको निर्माण कार्य पुरा गर्न सक्थे । राजाको आदेश पाएपछि दाजुभाईले काम शुरु गरे तर काम पुरा नहुदै अचानक घटना हुन पुग्यो ।

एक रात दाजुभाई नाङ्गै काम गरेको अवस्थामा खाना लिएर बहिनी पुगिन् । बहिनीले सुरुमा दाजु भाई राम्रै देखेकी हेर्दा हेर्दै ढुंगा भए र मन्दिर निर्माणको काम अधुरै रह्यो तर यस मन्दिरको आफ्नै मान्यता छ । यस मन्दिरमा दर्शन गर्न टाढा टाढाका मानिसहरु आउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot