Logo

१५ वटा बाख्रामाथि चोरीको मुद्दा



चोरी गरेको आरोपमा आजसम्म मानिसहरुलाई कारवाही भएको त देखेकै छौ तर आज हामी मानिस नभएर बाख्राको चर्चा गर्दैछौ । बाख्रामाथि मुद्दा चलेको छ । वास्तवमा तेलगंगामा एक यस्तो आश्चयृको विषय बाहिर आएको छ । जहाँ १५ बाख्रामाथी केस हालिएको छ जसको कारण १५ बाख्रा हिरासतमा लिएको छ । बाख्रालाई छुटाउन ३ हजार रुपैयाँ धरौटी राख्न परेको छ ।

भद्रद्री कोठागुडेम जिल्लामा वृक्षारोपण अभियान अन्र्तगत लगाइएका विरुवालाई १५ बाख्राले खाइदिएका हुन् । विरुवा खाइदिएपछि रिसाएका अधिकारीहरुले बाख्राविरुद्ध मुद्दा हालेका हुन् । यसैको आधारमा बाख्रालाई हिरासतमा राखेर २÷४ थप्पड पनि हानेका थिए । नगरपालिकाको कर्मचारीले चोरेर खाने बाख्रालाई हानी नोक्सानी पुर्याएको भन्दै नियन्त्रणमा लिएका थिए ।

हाल सबै बाख्रा नगरपालिकाको कार्यलयमा नै राखिएको छ । प्रत्येक बाख्रामा ३ हजारले धरौटी राख्न सुचना जारी गरेपनि सम्त्रन्धित बाख्राका मालिक हालसम्म कोही उपस्थित भएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्