Logo

धर्म के हो र कति प्रकारका धर्मको अभ्यास



धर्म शब्दको अर्थ धेरै किताबमा धेरै थरिका पाइन्छ । महाभारतमा आफ्नो कर्ममा लागि रहनु नै निश्चित रुपमा धर्म भनिएको छ । जो धारण गर्न योग्य छ त्यसैलाई धर्म भनिन्छ । यसैले महाभाररतमा भनिएको छ कर्ममा लागिरहनु, उदारता, दण्ड, सत्य, दान धर्म हो । यसको अर्थ धारण गर्न योग्य हुन्छ । यसैले धर्म निभाउनु पर्छ । अर्को शब्दमा सनातन धर्मको ग्रन्थमा धर्मको बारेमा भनिएको छ । मानिसले अर्धम छाडेर धर्मको बाटो हिंड्न पर्छ ।

यति भन्दा मानिसको मनमा प्रश्न उठ्न सक्छ कि धारण गर्न योग्य के हुन् ? धारण गर्न योग्य भन्नाले जुन कुराले समाजको हित गर्छन् । राम्रा मासिनसले असभ्य समाजको कल्पना गरेको सुन्दा पन डराउछन् । असभ्य समाजमा सबै जना झुटा बोल्नेछन्, कसैको मद्दत कसैले गर्नैछन्, पढाई मन गर्दैनन् र अज्ञानी बन्नेछन् त्यसैले धर्म त त्यो हो जुन कुरा समाजको लागि धारण गर्न योग्य छनु, तीनिहरुलाई अनुसरण गर्नु ।

जहाँसम्म हिन्दु, मुस्लिम, इसाई, जैन वा बुद्ध धर्मको कुरा आउँछ । यी त धर्म मात्र नभएर सम्प्रदाय वा समुदाय मात्र हुन् । सम्प्रदायको परम्परा वा एक मतलाई मान्ने समुह हो । अतः यिनीहरुलाई धर्म मान्नु व्यर्थ हुन्छ ।

धर्मको प्रकारः धर्मको २ प्रकार छन् । आत्मा र शरीर । हामी आत्मा हौं तर कर्म गर्नलाई शरीर चाहिन्छ । आत्मा र शरीर २ हुन् यसैले २ प्रकारका धर्म हुन्छन् । मन नै सबै मानिसका बन्धन जा मोक्षको प्रमुख कारण हो । यसैले मनद्धारा कर्म हुन्छ । अतः २ प्रकारका धर्मका धारण मनले गर्नुपर्छ ।

आत्माः आत्माको लागि केवल भगवान धारण गर्न योग्य हो । परआत्मा, आत्मा र माया ३ तत्व हुन् ।

शरीरः को धर्म हो माया धारण गर्न । शरीर केवल माया धारण गर्न योग्य हुन्छ । शरीर संसारको अंश मायाबाट बनेको छ ।

हाम्रो धर्म के हो ?

हामी आत्मा हौं शरीर होइनौं । यसैले हाम्रो मुख्य धर्म आत्माले भक्ति गर्नु हो । तर भक्ति गर्नलाई एक स्वस्थ्य शरीर एवं भक्तिको अनुकुल समाजको आवश्यकता पर्छ । अतः वर्णाश्रम धर्म धर्म हो र यसलाई ठिक पालन गरेर राम्रो समाज बन्नेछ, जसमा सबै व्यक्ति उपासना गरेर जीवन सफल बनाउनेछन् । वर्णाश्रम धर्म जो शररिुको धर्म हो उ परिर्वतनशिल हुन्छ । जुन ब्रह्मचर्यपछि गृहस्थ, गृहस्थपछि वानप्रस्थ र वानप्रस्थ पछि सन्यास ।



प्रतिक्रिया दिनुहोस्

Screenshot