Logo

गाउँको जनसख्या बढाउन अपनाइयो यस्तो उपाय



सँसारका कतिपय देशको जनसख्या बढ्दै गएर समस्या बनेको छ । केही देशहरुमा भने जनसंख्या घटेर समस्या भइरहेको छ । कतिपय गाउँहरु जनसंख्या नहुँदा रित्तिदै छन् । त्यस्तै एउटा गाउँमा जनसंख्या नबढेर समस्या भएको छ ।

उक्त गाउँमा २७ जना मात्र बसोबास गर्छन् । थोरै मानिसहरुको बसोबास भएको गाउँका धेरै स्थान खाली खाली देखिन्छन् । अर्को तर्फ भने गाउँबासीहरु एक्लोपनको महसुस गरिरहेका छन् । गाउँको जनसख्या बढाउन नयाँ तरिका अपनाएका छन् ।

वास्तवमा जनसख्या कम हुने कारणले समय कट्दैन । उक्त गाँउमा खाली स्थान नदेखाउन वा मानिस झै देखाउन पुत्ला(मुर्ति) बनाएर राखेका छन् । पुत्लाको सख्या गरे जम्मा २ सय ७० पुगेको छ । उक्त गाउँमा कोही गएमा पुत्ला देखेर अचम्ममा पर्नेछन्

यो जापानको पश्चिम गाउँको शिकोकु टापुस्थित नागोरो गाउँ हो । उक्त गाउँमा एक बालबालिका पनि छैनन् । लगभग १६ वर्ष पहिले यहाँका मानिसहरु पुत्ला बनाउन सुरु गरेका थिए । कक्षा कोठामा पनि पुत्ला राख्दै आएका छन् । त्यहाँका मानिसहरुले आफै पुत्ला तयार गर्छन् । पुत्लाको कारण गाउँमा एक्लोपना महसुस हुँदैन । पुत्लाले मानिसहरुको मन पनि बदलिदिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्