Logo

स्वामी विवेकानन्दका अनमोल वचनहरु



स्वामी विवेकानन्द एक आध्यात्मिक गुरु तथा समाज सुधारक हुन् । उनले पुरोहितवाद, ब्राहणवाद, धार्मिक कर्मकाण्ड आदीलाई हटाउन अथक प्रयास गरे । उनी सधै युवाहरुको प्रेरणाको स्रोत हुन् । उनले दिएका अनमोल वचनहरुले हामीलाई सफलतातीर लैजान्छ ।

  • नसुत उठ र तबसम्म नरोकिऊ जबसम्म लक्ष्य प्राप्त हुँदैन ।
  • आफुलाई कमजोर सम्झनु सबैभन्दा ठुलो पाप हो ।
  • तिमीलाई कसैले पढाउन सक्दैन, कसैले आध्यात्मिक बनाउन सक्दैन, तिमी आफैले सबैकुरा भित्र देखि सिक्नु पर्छ । आत्मा भन्दा राम्रो कोहि शिक्षक हुन सक्दैन ।
  • सत्यलाई हजार तरीकाबाट बताउदा पनि फेरी पनि एक सत्य नै हुन्छ ।
  • बाहीरी स्वभाव केवल भित्रको स्वभावको ठुलो रुप हो ।
  • मुटु र दिमागको विवादमा मुटुको कुरा सुन्नुपर्छ ।
  • शक्ति जीवन हो, कमजोरी मृत्यु हो । विस्तार जीवन हो,संकुचन मृत्यु हो । प्रेम जीवन हो, दुश्मनी मृत्यु हो ।
  • तपाइँले हिडीरहेको बाटोमा समस्या नआएमा बुझ्नुस तपाइँ गलत बाटो हिड्दै हुनुन्छ ।
  • एक पटकमा एउटा मात्र काम सबै बिर्सिएर आत्मालाई एकत्रित गरेर गर्नुहोस्् ।
  • जबसम्म बाँचिन्छ तबसम्म सिक्नुहोस्, अनुभव नै सर्वश्रेष्ठ शिक्षक हो ।
  • जबसम्म आफैमा विश्वास गरिदैन तबसम्म भगवानले पनि विश्वास गर्दैनन् ।
  • आगोले हामीलाई तातो दिन्छ, त्यसले हामीलाई नाश पनि गर्न सक्छ, यो आगोको गल्ती होइन् ।
  • तपाइँले आफुलाई जस्तो सोच्नु्हुन्छ त्यस्तै बन्नुहुनेछ । यदि आफुलाई कमजोर ठानेमा कमजोर र बलियो ठानेमा बलियो हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot