Logo

पक्राउ गरेकालाई प्रहरीले आफ्नै खर्चले घर पठाएपछि…



के तपाइँले सुन्नु भएको छ कोही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेर आफ्नै खर्चले घर पुर्याएको । सायद सुन्नु भएको छैन होला । तर आज हामी यसै घटनासँग जोडिएको कहानी सत्य घटना बताउछौ । सुडानमा बस्ने एक २७ वर्षका युवामाथी प्रहरीले यस्तै गरेको छ । चेन्नईका प्रहरीको मद्दतले ती व्यक्ति ३ वर्षपछि घर फर्केका छन् ।

सुडानका मुस्तफा नामका एक छात्र भारतमा अध्ययनको लागि आए । मुस्तफा चेन्नइको एक कलेजमा भर्ना भए तर अन्तिम परिक्षामा फेल भए पछि उनी घर फर्किए । फेरी परिक्षा दिनको लागि भारत फर्किए । भारत आएर परिक्षा पुःन दिएका मुस्तफा फेरी असफल नै भए । यसरी पटक पटक भारत आउदै जाँदै गरेका मस्ताफको भारतमा रहेको समयमा भिजा सकियो र घर फर्कन पाएनन् । उनी भारतमा नै बस्ने निर्णय गरेका मुस्ताफसंग नत पढ्नको लागि पैसा थियो नत घर फर्कन सक्थे । उनले खान र बस्नको लागि सानो काम गर्न थाले ।

कामकै सिलशिलामा एक लडाईमा प्रहरीले उनलाई गिरफ्तार गर्यो । अहिले भने उनलाई प्रहरीले रिया गरिदिएको छ । चेन्नईको प्रहरीका एक व्यक्तिको अनुसार मुस्तफासँग एक पैसा पनि थिएन यसपछि प्रहरीका कमिस्नरसँग सल्लाहा गरेर ७० हजार उनको लागि एक मुस्ठ र ८ हजार रुपैयाँ साथीको लागि दिएर घर पठाएका हुन् । यसपछि चेन्नईको प्रहरीको प्रशंशा भइरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्