Logo

अब सवारीमा जोर-बिजोर



काठमाडौं, १९ साउन । कोरोना भाइरसको उच्च जोखिमसँगै काठमाडौं उपत्यकालगायत मुख्य शहरमा सवारी सञ्चालनमा कडाई गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने प्रस्ताव गरेको छ । यसबारे मन्त्रिपरिषद्को अब बस्ने बैठकले टुंगो लगाउने बुझिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा जोर बिजोर लागू गर्ने विषय पुगेको र त्यहाँ निर्णय गरी मन्त्रिपरिषद्मा लगिने तयारी भएको छ । कोरोना संक्रमण बढेसँगै सरकारले उपत्यकामा निरन्तर सवारी सञ्चालनमा कडाई गर्न थालेको छ । उपत्यकामा रात्रीको समयमा यात्रुवाहक सवारी प्रवेश निषेध भइसकेको छ । अब जोर विजोर लागू गर्ने तयारी भएको छ ।

२६ असारबाट सरकारले जोर बिजोर प्रणाली हटाएको थियो । ७ साउनबाट लकडाउन अन्तको घोषणा गरेको थियो । तर, उपत्यकामा कोभिड १९ को जोखिम बढेसँगै सवारी सञ्चालनमा कडाई गरिने तयारी भएको हो । आवश्यक परे उपत्यकामा फेरि लकडाउनको तयारी समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot