Logo

सरकारी खर्चमा उपेन्द्रले गरे ५५ पटक विदेश भ्रमण



काठमाडौं, २५ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं स्वाथ्य जनसंख्या तथा वातावरणमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् । पछिल्लो पटक मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो । उसो त उनी विदेश भ्रमण गर्न औधी मन पराउँछन् । यसअघि मन्त्री बन्दा पनि उनी पटक-पटक विदेश भ्रमणमा गएका छन् ।

जसपा नेपालबाटै विभाजित भएर बनेको दल जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार उपेन्द्रले यसअघि ५४ पटक सरकारी खर्चमा विदेश भ्रमण गरिसके । उपमहासचिव यादवका अनुसार उपेन्द्रले अहिलेसम्म ५५ पटक सरकारी खर्चमा विदेश भ्रमण गरे । विदेश भ्रमण गर्नु उपेन्द्रको सोख रहेको उपमहासचिव यादवको टिप्पणी छ ।

‘उहाँ यो भन्दा पहिला मन्त्री हुँदा ५४ पटक विदेश जानु भएको थियो । अहिले पनि मन्त्री हुँदा सुरुवात गरिसक्नु भएको थियो । दुई दिन आएर नेपाल बस्ने फेरि विदेश जाने उहाँको बानी हो,’– उपमहासचिव यादवले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot