Logo

लेबनानमा भएको विस्फोटप्रति अमेरिकी राष्ट्रपति ट्रम्पसहित विश्वका नेताद्वारा दुःख व्यक्त



२१ साउन: लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।उनले सो घटनालाई एक डरलाग्दो घटना भनेका छन् । ह्वाइट हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन् ।

उनले भने– यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबनानका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनान सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु ।उनले लेबनानको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रही आएको छ म यस्तो अप्ठेरो परेको अवस्थामा लेबनान सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार छ भन्ने सन्देश दिन चाहन्छु ।

त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।उनीहरुले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनान सरकारलाई गराएका छन् ।-एएनआई/File Photo



प्रतिक्रिया दिनुहोस्